यातायात सम्बन्धी सबै काम प्रदेश सरकारले गर्नुपर्छ : मन्त्री दाहाल


  प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, ६:४०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातसम्बन्धि सम्पूर्ण काम प्रदेश सरकारले गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उहाँले यातायात सम्बन्धि सम्पूर्ण अधिकार संविधानले प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै सोही अनुसार सम्पादन गर्नुपर्ने बताउनुभएको हो । मन्त्री दाहालले संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकारहरुले आफ्नो अधिकार खोज्ने काममा ढिलाई गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

उहाँले स्मार्ट लाईसेन्स कार्ड उत्पादन र वितरणको काम पनि प्रदेश सरकारमार्फत हुने बताउनु भयो । संघीय सरकारले आफ्नो दायित्व पूरा गरेपनि लाईसेन्स कार्ड वितरण गर्ने काम अब प्रदेश सरकारले जिम्मेवार भएर गर्नुपर्ने मन्त्री दाहालको भनाई थियो । उहाँले प्रदेश सरकारले अझै पनि आफ्नो अधिकार खोज्ने मामिलामा पछि परेको पनि बताउनु भयो । 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।