अब ट्रायल पासपछि लाइसेन्स कार्ड नचाहिने, नियम उल्लंघनको भुक्तानी ठाउँको ठाउँ


  प्रकाशित मिति : २०८१ कार्तिक ३ गते, ४:०४

 प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन् । आज (शनिबार) सामाजिक सञ्जालमार्फत उनले अब नागरिक एपमार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको जानकारी गराएका छन् । 

उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ । यसमा ट्रायल पास गरेपछि लाइसेन्स कार्डको सट्टा नागरिक एपमा डिजिटल लाइसेन्स पाउन सकिनेछ । ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले काट्ने चिटको रकम त्यही ठाउँमै डिजिटल पेमेन्ट गरेर तिर्ने सुविधा पनि गरिएको छ ।

प्रधानमन्त्री ओलीका अनुसार यो व्यवस्थाले सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य मात्र होइन, सवारी नियम उल्लंघन गर्दा हुने झन्झट पनि हट्नेछ । यससँगै नागरिक एपमा थप सुविधाहरू पनि ल्याउन तयारी भइरहेको जनाइएको छ । ओलीले भनेका छन्, ‘हामी कुनै पनि कामको लागि नागरिकले लाइन बस्नु पर्ने समस्याबाट मुक्त गराउन लागिपरेका छौं । यो सुविधाले राज्यबाट छिटो सेवा प्रवाहमा टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं ।’

https://if-cdn.com/KFO4fJM?app=1

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।