हुस्सु र कुहिरो लागेको मौसममा सुरक्षित ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु


  प्रकाशित मिति : २०८१ कार्तिक २ गते, १०:५६

कुहिरो लागेको बेला सवारीसाधन चलाउँदा सर्तक अपनाउनु पर्ने हुन्छ यस्तो बेलामा दुर्घटना हुने सम्भावना बढी हुन्छ । कुहिरो लागेको सडक खण्डमा छिर्नु अगाडी आफ्नो सवारीको ऐनामा हेर्नुहोस र सुरक्षित हिसाबले गति कम गर्नुहोस । कुहिरो लागि रहने सडक खण्डमा विशेष संकेत लगाइएको हुन सक्छ । त्यस्ता स्थानहरुमा सडक एकछिन खुल्ला भएपनि कुनैपनि समय अरु तर्फबाट कुहीरो सडकमा आउन सक्छ , त्यसका लागि तयार रहनुहोस र अधिक गतिमा सवारी नचलाउनुहोस ।

हुस्सु र कुहिरोमा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु


१.आवश्यकता अनुसार आफ्नो सवारी साधनको बत्ती बाल्नुहोस ।
२.अगाडीको सवारी साधनसँग सुरक्षित दुरी राख्नुहोस ।
३.अगाडी जहाँ सम्म देख्न सक्नुहुन्छ त्यति दूरीमा सुरक्षित हिसाबले रोक्न सक्ने गरी सबारी चलाउनुहोस । विशेषगरी राजमार्ग र दु्रतमार्गहरुमा यो महत्वपूर्ण हुन्छ किनभने सवारी साधनहरु तीव्र गतीमा गुडीरहेका हुन्छन् ।
४.सवारी साधनको वाइपर र डिमिस्टर अर्थात झ्यालबाट जमेको वाफ हटाउने यन्त्र आवश्यकता अनुसार प्रयोग गर्नुहोस ।
५.अरु सवारी चालकले सवारी साधनको हेडलाइट प्रयोग नगरेका हुन सक्छन् सर्तक रहनुहोस ।
६.तपाईको सवारीसँग सुरक्षित दुरी नराखी पछाडी पछाडी आइरहेका सवारी साधनहरुसँग दुरी बढाउनका लागि आफूले गति नबढाउनुहोस । आवश्यक परेमा बायाँ च्यापेर वा रोकेर उक्त सवारीलाई अगाडी बढ्न दिनुहोस ।
७.बाक्लो कुहीरो लागेको समयमा सवारी साधनको गति घटाउनु अगाडी पनि ऐना प्रयोग गर्नुहोस र पछाडीबाट सवारी साधनहरु आइरहेका छन भने एकैचोटी ब्रेक नलगाउनुहोस । पहिले हल्का ब्रेक दबाएर बे्रक लाइट बल्न दिनुहोस ताकि पछाडीका सवारी चालकहरुलाई संकेत मिलोस र त्यसपछि बिस्तारै गति घटाउनुहोस ।

शेयर गर्न नभुल्नु होला नी ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।