सडकमा जथाभावी सवारी धुनेलाई कारबाही


  प्रकाशित मिति : २०८१ कार्तिक १ गते, ४:३४


गुल्मी–गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजार भित्र जथाभावी गाडी धुनेलाई कारबाही गरेको छ । गाउँ नगर सफा, स्वच्छ, सुन्दर राख्नु सबै नागरिकको कर्तव्य भएको र तम्घास बजारलाई थप सुन्दर बनाउँन स्थानीय सरकार लागि परेको नगरपालिका सुचना अधिकृत सुरेश खनालले बताउनु भयो ।

अव्यवस्थित तबरले सडक नै कुरुप हुने गरेर सवारी धुने काम बन्द गर्न सबैलाई आग्रह समेत गर्नुभयो । बिहीवार नगर प्रहरीको टिमले बिच सडकमै सवारी धुदै गरेकालाई नियन्त्रणमा लिई जरिवाना समेत गरेर सुझाव सहित छोडेको हो । यसरी सडकमा गाडी धुने,अव्यवस्थित पार्किङ गर्ने जस्ता कार्यले बजारमा दुर्घटना हुने ,जाम हुने र सडकको आयु घट्ने जस्ता कार्य हुने भएकाले यस्ता कार्य रोक्न लागि परेको उहाँले जानकारी दिनुभयो ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।