बुटवल–नारायणगढ सडक शिलान्यास भएको ६ वर्ष पूरा तर अहिलेसम्म जम्मा ५२.५ प्रतिशत मात्र काम ।
काठमाडौैँ – बुटवल–नारायणगढ सडक भएर यात्रा गर्दा यो दशैँमा पनि यात्रुले सास्ती भोग्नु परेको छ । पछिल्लो छ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम भैरहेको छ तर यस आयोजनाको अहिलेसम्म जम्मा ५२.५ प्रतिशत मात्र काम सकिएको छ । यो सडकमा पानी पर्दा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने हैरानी यात्रुले खेप्नु परेको छ । २०७५ सालमा बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको शिलान्यास भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
सम्झौताका क्रममा ठेकदार कम्पनीले तेस्रो पटक म्याद थप गरिसकेको छ । पछिल्लो म्याद अनुसार २०८२ साउन ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने छ । असारदेखि काम रोकिएको छ । वर्षाको समय र रकम अभाव देखाउँदै निर्माण कम्पनीले काम रोकेको बुटवल–नारायणगढ चार लेन सडक आयोजनाको पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले बताउनुभयो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका दुई हजार चार सय बसमध्ये दैनिक दुई सय बसले निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड प्रयोग गर्छन ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






