सार्वजनिक सवारीमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु जसले दुर्घटना हुनबाट बचाउँछ ।


  प्रकाशित मिति : २०८१ कार्तिक १ गते, २:२७

हामीहरु सार्वजनिक सवारीमा यात्रा गछौैँ । यात्रा गर्दा सामान्य कुराहरुमा ध्यान दिन सक्दैनौँ जसले गर्दा दुर्घटना हुने सम्भावना अधिक रहन्छ ।

सार्वजनिक सवारीमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु ।

१.कुनै पनि सवारी पूर्ण रुपमा रोकिएपछि मात्रै चड्ने वा ओर्लने काम गर्नुहोस ।
२.नेपालमा धेरै सार्वजनिक साधनहरुले गलत ढङ्गसँग किनारा नच्यापिकन गाडी रोक्ने र यात्रुलाई चढाउने वा ओराल्ने काम गर्छन । यस्तोमा पछाडिबाट आउने सवारी साधनहरुले देबे्रबाट ओभरटेक गर्न सक्छन् जसले गर्दा तपाईलाई खतरा उत्पन्न हुन सक्छ । चालकले सुरक्षित स्थानमा नरोकी ओर्लने वा चढ्ने निर्देश दिएमा, शिष्ट भाषामा बस बिसौनी वा सुरक्षित स्थानमा रोक्ने आग्रह गर्नुहोस ।
३.यान्त्रिक अवस्था ठीक नभएको वा थोत्रा र असुरक्षित देखिने सवारी साधनमा यात्रा नगर्नुहोस ।
४.सवारी साधनमा झुण्डिएर ,छतमा चढेर वा मालवाहक सवारीको सामान बोक्ने भागमा बसेर यात्रा नगर्नुहोस । साथै आफ्नो शरीरको कुनैपनि भाग चलिरहेको सवारीबाट बाहिर ननिकाल्नुहोस ।
५.पुरा भरिएको सवारी साधनमा नचढ्नुहोस । माइक्रो बस, ट्याम्पु र ट्याक्सी लगाएत सार्वजनिक सवारीमा तोकिएको सीट सङ्ख्या भन्दा बढी यात्री नचढाउनुहोस । याद राख्नुहोस लोकल बस र मिनी बस बाहेक अन्य सार्वजनिक सवारीमा उभिएर यात्रा गर्न मिल्दैन । साथै छोटो दुरीका लोकल बसहरुमा सबै यात्रीहरु पूर्ण रुपले सवारी साधनको भित्र छिरी ढोका लागेको हुनु पर्छ भने मध्यम र लामो दुरीका सवारी साधनमा सबै यात्रीलाई सीट उपलब्ध हुनु पर्दछ ।
६.चालकको छेउछाउ धेरै भीड गर्ने , तिनलाई गफमा भूल्याउने वा तिनको ध्यान अल्मल्याउने कुनै कार्य नगर्नुहोस । साथै सवारी चालकलाई अन्य सवारीसँग प्रतिस्पर्धा गर्न वा तीव्र गतीमा चलाउन प्रोत्सहान नगर्नुहोस ।
७.चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएमा वा लाईसेन्स नभएका सहचालक वा अन्य व्यक्तिलाई सवारी चलाउन दिएमा त्यसो नगर्न अनुरोध गर्नुहोस । यदि नमानेमा नजिकैको प्रहरीलाई खबर गर्नुहोस ।
८.सवारी साधनबाट बाहिर थुक्ने वा अन्य वस्तु बाहिर सडकमा फ्याक्ने काम नगर्नुहोस ।
९.सार्वजनिक सवारीमा यात्रा गर्दा साना बालबालिकालाई सकेसम्म सबैभन्दा अघिल्लो सीटमा नराख्नुहोस ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।