मनकामना केबलकार तीन दिनका लागि बन्द भएको छ। मर्मत सम्भारका लागि भन्दै असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो।
केबलकारका तार फेर्ने र लठ्ठा छोट्याउने लगायतका कामका लागि तीन दिन सेवा बन्द गरेको मनकामना दर्शन प्रालिले जनाएको छ। केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिक झिकाएको बताइएको छ।
कात्तिक २ गतेदेखि सेवा पुनः सञ्चालन गर्ने प्रालिले बताएको छ। यसअघि बडादशैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो। द्वादशीमा भने चलाइएको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







