बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना १५ जना घाइते


  प्रकाशित मिति : २०८१ अशोज २३ गते, ६:०८

बुटवलबाट गुल्मी जाँदै गरेको जीप  दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार बुटवलबाट शान्तिपुरका लागि छुटेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाँउपालिका १ कुडालीमा दुर्घटना भएको हो ।  

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरु मध्ये बाग्लुङको बरेङडाडा ३ का ४० वर्षका खडक बहादुर क्षेत्रीको अवस्था गम्ीभर रहेको सुनारले बताए ।

दुर्घटनामा घाइतेहरुलाई थप उपचारका लागि पल्पा ल्याइएको छ ।  गुडी रहेको जिप एक्कासी अनियन्त्रीत भइ सडकबाट केही मिटर तल खसेको यात्रुहरुले बताएका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।  

बिहान बुटवलबाट छुटेको जिप दिउँसो करिब साढे २ बजेतिर दुर्घटनामा परेको हो ।  

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।