सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको छ ।
फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा पर्वका अवसरमा यात्रा गर्दा सडकमा पुगेको क्षतिका कारण संवेदनशील हुन अनुरोध गर्नुभएको हो । असहज अवस्थामा कम यात्रा गर्न, मितव्ययी बनी चाड मनाउन फाउन्डेसनले सबैमा आह्वान गरेको छ ।
फाउन्डेसनले सांस्कृतिक पर्वलाई संवेदनशील, सद्भावना, कम यात्रा र लागत प्रभावकारी रूपमा मनाउन जिम्मेवार नागरिकमा अनुरोध गरेको हो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







