खुर्कोटमा बेलिब्रिज निर्माण सुरु


  प्रकाशित मिति : २०८१ अशोज २० गते, ७:४४

असोज ११ र १२ गते भारी बर्षापछि आएको बाढीले बगाएर क्षति भएको सुनकोसी नदीको पुल निर्माण थालिएको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज निर्माण थालिएको हो। 

सुनकोशी नदीको मोटरेवल पुल बाढीले बगाएपछि तत्काल यातायातका साधन सञ्चालन गर्ने गरी नेपाली सेनाले बेलिब्रिज पुल निर्माण थालेको हो। बेलिब्रिज निर्माणका लागि पाँच वटा ट्रकमा शुक्रबार नै निर्माण सामाग्री खुर्कोट ल्याएको छ। शुक्रबार नेपाली सेनाले हेलिकोप्टरद्वारा सर्वेक्षण गरेपनि शनिबारबाट नेपाली सेनाको प्राविधिकसहितको टोलीले सुनकोशी नदीमा बेलिब्रिज निर्माण थालेको हो।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार सुनकोशी नदीमा अस्थायी रुपमा यातायात सञ्चालनका गर्न बेलिब्रिज निर्माणका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिए अनुसार शनिबारबाट बेलिब्रिज निर्माण थालिएको हो। डेढसाता अघि सुनकोसी नदीमा आएको बाढीले बगाउँदा रामेछाप, ओखलढुंगा र दोलखा जिल्लाकै लाइफलाइनका रुपमा रहेको खुर्कोट पुल करोडौंको क्षति भएको थियो।

सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोट पुलको रामेछापतर्फको स्पान बगाएको भएपनि पिल्लर भने केही भएको छैन। त्यही पिल्लरमा नेपाली सेनाले सकेसम्म दशैं अघिनै सम्पन्न गर्ने गरी द्रुतगतिमा बेलिब्रिज निर्माणको कामलाई अघि बढाएको छ। 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।