बाढी पहिरोले सयातायात क्षेत्रमा पुगेको क्षतिप्रति नेपाल सार्वजनिक यातायात व्यवसायी महासंघले दुख व्यक्त गरेको छ ।
आइतवार एक बिज्ञप्ती जारी गर्दै महासंघले देशका अधिकांश भुभागमा वर्षापछिको बाढी पहिरोले यातायात क्षेत्र प्रभावित भएकोमा दुख व्यक्त गर्दै मृतकप्रति समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।
महासंघले वाढी पहिरोमा परेका यात्रु मजदुरहरु र सवारी साधनहरुलाई सहज रुपमा गन्तव्यसम्म पुर्याउन माग गरेको छ । बाढीपहिरोबाट क्षत विच्छेद भएका सवारी साधनहरुको क्षतिपूर्ती र बेपत्ता नागरिकहरु र सवारी साधनहरुको खोजि कार्य गर्न सरकारसँग माग गरेको छ ।
विभिन्न प्रमुख तथा सहायक राजमार्गहरु बाढी पहिरोले अवरोध हुँदा सयौ सवारी साधन बाटोमै अलपत्र परेका छन् । यस्तै नागढुगां नौविसे सडक खण्डमा पर्ने झ्याप्ले खोलामा पश्चिम नेपाल यातायात व्यवसायी प्रालि द्वारा संचालित लु १ ज ४५७८ नम्बरको माईक्रो बस तथा सोमा सवार १४ जना यात्रु तथा मजदूर र चितवनबाट काठमाण्डौ आउँदै गरेको माईक्रोबस बा ३ ज १३४५ मा सवार यात्रुहरु र मजदूरसहित गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक सवारी साधन, चालक मदन परियार सहित २१ यात्रु पहिरोमा पुरिएर ज्यान गुमाएका छन् । उक्त स्थानमा केही सवारी साधन अझै वेपत्ता रहेकाले खोजतलास जारी रहेको छ । प्रहरीका अनुसार उक्त स्थानमा हालसम्म ३५ जनाको शव भेटिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







