काठमाडौँ – गत शुक्रबार र शनिबार परेको लगातार वर्षाका कारण मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौैँ उपत्यका पर्ने दक्षिणकाली नगरपालिका ८ को सिस्नेरी सडकखण्ड,कीर्तिपुर नगरपालिका ६को बल्खु फर्पिङ सडकखण्ड, चन्द्रागिरी नगरपालिका २ को पृथ्वी राजमार्ग र कीर्तिपुर नगरपालिका १० को त्रि.वि.वि सेवा आयोग अगाडिको सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै ललितपुर जिल्लाको गोदावरी नगरपालिका ६ मा लेले टिकाभैरव जाने सडक पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






