प्रधानमन्त्री ओलीलाई नाइट बस चालक मिश्रको खुला पत्र


  प्रकाशित मिति : २०८१ अशोज ११ गते, १०:२१

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाइट बस चालक निर्मल कुमार मिश्रको खुला पत्र लेखेका छन् ।

सुन्दर सुदुर पश्चिम् यातायात प्रालिको धनगढी देखी काठमाडौं रुटको नाइट बस चलाउदै आएका मिश्रले प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेका हुन् ।

खुला पत्र मार्फत उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेका छन्

सम्माननीय प्रधानमन्त्री ज्यु,नमस्कार

म पेशाले चालक । सुन्दर सुदुर पश्चिम् यातायात प्रा.लि.को धनगढी देखी काठमाडौं रुटको नाइट बस चलाउछु। म आफ्नै जन्म भुमी नेपालमै बस्न चाहान्छु । तर म र म जस्ता साढें ११ लाख यातायात मजदुरहरुलाइ नेपाल मै बस्ने वातावरण सरकारले कहिले बनाइदिन्छ,जान्न चाहान्छु। म अर्काको देशमा काम गर्न जान्न,किनकि बिदेशमा कमाइने जत्ति पैसा नेपालमा नै मेहनत गरे महिनाको ६० देखी ७० हजार सम्म कमाउन सकिन्छ भन्ने धारणा राख्छु।त्यो पनि घर परिवार सङ्ग बसेर मीठो नमिठो बाडींचुडीं खायर। म अन्य साथीहरूलाइ समेत १० देखि १५ लाख लगानी लगाएर अर्काको देशमा त्यो पनि ७०/ ८० हजार कमाउन किन जानु पर्यो भन्ने ब्यक्ति हु।तर बिडम्बना,आज जुनसुकै कारणले पनि दुर्घटना हुँदा दोष जति सबै चालकलाइ थुपार्ने प्रवृत्ति छ।

यस्मा राज्य र जनताको चालकप्रति हेर्ने गलत दृष्टि र बुझाइ का कारण यो पेशा प्रति चालकहरुमा नकारात्मक प्रभाव र घृणा बढीरहेकाले दिनप्रतिदिन बिदेश पलायन हुने अबस्था बढ्दै छ ,यसलाई रोक्न कस्तो कदम चाल्ने,यसतर्फ के सोच्नु भएको छ ? तपाईंलाई थाहा नहुन सक्छ,एउटा चालकले धनगढी देखि काठमाडौं पुग्दा सम्म करिब ७०० किलोमीटर यात्रा तय गर्दा मुख्यतया निम्न भोगाइ भोग्न बाध्य छन

१) यात्राको अबधिमा ३३ ठाँउमा चेकिङ्गको सामना गर्नु पर्छ,जुन यति झनझटिलो छ कि कुरै नगरौ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि विभिन्न ठांउहरुमा चेकिङ्ग हुन्छ।अझै प्रहरीहरुले चेकिङ्गको नाममा ट्रक बसहरुलाइ लाइसेन्स र कागजात देखा भन्दै रोक्ने,सताउने तथा ५०/ र १००/ रुपैया दिए छिटो गर्दिने नभए ढिलो गर्ने जस्ता अनावश्यक दु:ख दिने कार्यको अन्त कहिले हुने हो? अर्को कुरा हामीलाई आफ्नै देश भित्र यात्रा गर्दा यति धेरै ठाउँमा चेकपोस्टहरु किन र के का लागि चाहिएको हो बुझ्न् सकिन ?

२)अब बाटोको अवस्था बुझ्नुस।यो महेन्द्र राजमार्ग र अन्य राजमार्गहरु आज भन्दा ३०/३५ बर्ष अधि बनेका हुन। अहिलेको तुलनामा त्यतिखेर जनसंख्या थोरै थियो। राजमार्गमा गुड्ने सवारी कम थिए त्यतिबेलाको सडक १० टन भारवहन क्षमता सम्मको सवारीलाइ गुड्ने भनि बनाइएको थियो र गुड्न दिइन्थ्यो ।तर आज नेपालको जनसंख्या करिब ३ करोड पुग्न लाग्यो त्यसको तुलनामा सडक स्तरोन्नति भएको छैन।सवारी साधन दिनप्रतिदिन बढीरहेका छ्न अहिले त्यो राजमार्गमा ४० देखि ५० टन सम्म सामान बोकेर सवारी गुड्नाले राजमार्ग पुरै ध्वस्त छ। जतासुकै खाल्डाखुल्डी छ्न,पुराना पुलहरु अहिले जीर्ण अबस्थामा छ्न ।बर्षौ बित्दा पनि बाटोका पहिरोहरु हट्दैन।नंया पिचको कुरा छोडौं,बाटोमा माटो ,बालुवा ग्राभेल पनि हालिदैन। गाडीनै डुब्ने खाल्डाखुल्डी हुँदा सम्म पनि पुरिदैन।पहिरो अथवा विभिन्न बहानामा सडक अबरुद्ध हुँदा समयमा नै अवरोध हटदैन।नेपालको अहिलेको बढ्दो सवारी दुर्घटनामा राज्यको परम लापरबाही र जनताको जीउधनको सुरक्षा प्रती सम्बेदनशिल नहुनू पनि प्रमुख कारण हो? दोष जति सबै चालकको टाउकोमा हालेर पन्छिन पाइन्छ र?

३)पहिले नेपाल भित्रिने यातायातका पाटपुर्जा सक्कली हुन्थे।गोरखकाली टायरले राम्रो माइलेज दिन्थ्यो, तरअहिले आउने सब सामानहरु नक्कली छन,त्यस्मा `for sale sold only in Nepal´ लेखिएका हुन्छन। यसबाट नेपाल भित्रिने पाटपुर्जा र टायर हरु सबै नक्कली र डुप्लिकेट हुन भन्ने प्रष्ट हुदाहुदै पनि सरकार मौन छ। नक्कली पार्टपुर्जाकै कारण मेसिनरी चिज समय अगावै टुट्ने,बिग्रने तथा टायर पन्चर भै नोक्सान बेहर्नु पर्छ।

४)पाठ्यक्रम मा ट्राफिक नियम सम्न्धि समाबेश नगरिनु दु:खद ।सडक प्रयोग कर्तामा पालन गर्नुपर्ने सडक नियमको ज्ञान नहुदा उनीहरु हिड्दा/ बाटो काट्दा अचानक गाडीको अगाडि आइपुग्छ्न,त्यतिबेला झट्ट रोक्नु पर्दा गाडी चालकको काबु बाहिर गइ अनियन्त्रित हुन पुग्छ,र बचाउन खोज्दा खोज्दै पनि दुर्घटना हुन्छ।

५) सरकारले पनि पुरानो कानुन सन्सोधन कहिले गर्दछ ? समय सापेक्ष कानुन निति नियम बनाएर समय समयमा यातायात क्षेत्रका व्यावसायि मजदुरहरु लाइ प्रशिक्षित नियमन निगरानी पुरस्कृत र गलत देखिए कार्वाही गर्दिन हुन अनुरोधका साथै प्रधानमन्त्री ज्यु, म आफ्नो पेशा प्रति गर्व गर्छु ।हामी त अनुशासनमा बस्दै हामी स्तरीय र सुरक्षित यात्रा ,पोसाक, परिचयपत्र , र यात्रुमैत्री व्यबहारका साथमा मन्दमुस्कान सहितको सेवा दिन तयार छौ,अब पालो सरकारको, यथाशीघ्र आफ्नो उत्तरदायित्व पूरा गर्नेमा हामी आशावादी छौ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।