सुरुङमार्गनजिकै लेदोसहितको पहिरो, नौबिसे–काठमाडौं सडक अवरुद्ध 


  प्रकाशित मिति : २०८१ अशोज ११ गते, ४:०२

नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ।

शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो  ।

पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ ।

अझैसम्म पहिरो पन्छाउन डोजर नपुगेको स्थानीयले बताएका छन् । पहिरोले सडक धेरै माथिसम्म ढाकेले हटाउन समय लाग्ने अवस्था रहेको प्रत्यक्षदर्शी सन्तोष न्यौपाने उपाध्यायले बताएका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।