काठमाडौँ प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ । अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘घटनाको सूचना पाएपछि सबैभन्दा पहिले पुग्ने क्यूआरटी टोलीसँग भएको क्यामेराले खिच्ने गतिविधि कन्ट्रोल रुमबाट मनिटर गर्न सकिन्छ ।’ चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा योजना लागू गरेको छ ।
काठमाडौँ जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
दसैँ, तिहार र छठ पर्वको सुरक्षामा काठमाडौँ जिल्लामा मात्र ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरिएको छ । घटना भएको ५ मिनेटमा पुग्ने र ३० मिनेटमा प्रतिकार्य पुरा गर्ने काठमाडौँ प्रहरीको योजना छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







