प्रतिकुल मौसमले आन्तरिक हवाइ उडान प्रभावित


  प्रकाशित मिति : २०८१ अशोज ११ गते, १०:३७

 प्रतिकूल मौसमका देशभित्रको आन्तरिक हवाइ उडान प्रभावित भएको छ।

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरा, जनकपुर विमानस्थलमा नहुँदा उडान प्रभावित भएका हुन्।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको विमानस्थल प्रशासनले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ। जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।