रेल सेवालाई बर्दिबाससम्म विस्तार गर्ने तयारी


  प्रकाशित मिति : २०८१ अशोज १० गते, १:४४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट अर्थात् राष्ट्रिय गौरवको आयोजना’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।

भारतको जयनगरदेखि जनकपुर कुर्था हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने तयारी भइरहेको मन्त्री दाहालले बताए ।

धनुषाको मिथिला नगरपालिका १० लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले बिजलपुरा देखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने भौतिक संरचनाको काम जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन ढिला भएको बताए ।

उनले लालपुर्जा नभई ऐलानी जग्गामा बसोबास गर्नेहरुले मुआब्जा माग्दै जग्गा खाली नगर्दा बर्दिबासमा बन्ने रेल्वे स्टेसनको काम अगाडि बढन समस्या उत्पन्न भएको बताए ।

मन्त्री दाहालले भने, ‘जग्गाको यथार्त म आफैं गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा नै छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।’

उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्ति जग्गा खाली गर्न सहमत भए क्षतिपूर्ति दिन सकिने बताए । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।