बारा र चितवनसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ नजाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
- बारा, जितपुरसिमरा उपमहानगरपालिका-३ बजनि चोकस्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने बस्ने ६५ वर्षीया रत्न कुमारी सुबेदीको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कारपियो र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- यसैगरी, बारा, निजगढ नगरपालिका-१२ स्थित सडकमा प्र.२-०३-००६ प २७८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ बस्ने २५ वर्षीय सुरेन्द्र घलानको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ हुँदै थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगंज पर्सा पठाइएको छ ।
- चितवन, राप्ती नगरपालिका-४ मार्तलपूलस्थित सडकमा ना.११ प ८४८० नम्बरको मोटरसाइकल र बा.प्र.०६-००२ प ९६०५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक राप्ती नगरपालिका-४ बस्ने ५५ वर्षीय निल बहादुर उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
- यसैगरी चितवन, रत्ननगर नगरपालिका-९ स्थित सडकमा रा.१ ख ३०४८ नम्बरको ट्रक र ना.३८ प ११९१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-५ बस्ने ३४ वर्षीय राजन न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- कैलाली, कैलारी गाउँपालिका-५ मनिकापुरस्थित सडकमा बा.८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ मनिकापुर बस्ने १७ वर्षीय सागर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







