अधिक भारवहन र दुर्घटना नियन्त्रण गर्न ट्रक यातायात व्यवसायी महासंघद्धारा सफ्टवेयर निर्माण


  प्रकाशित मिति : २०८१ अशोज ९ गते, १२:१२

नेपाल ट्रक यातायात व्यवसायी महासंघले सफ्टवेयर तथा मोबाइल एपको निर्माण गरेको छ । अधिक भारवहन र दुर्घटना नियन्त्रण गर्न महासंघले सफ्टवेयर तथा मोबाइल एपको निर्माण गरेको हो ।

निर्माण गरिएको सफ्टवेयरले सवारी साधनले बोकेको वजन सम्बन्धित सवारी धनीले मोबाइल एप मार्फत स्वतः जानकारी लिन सक्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ ।सफ्टवेयरको माध्यमबाट सवारी धनीले आफ्नो सवारी साधनको डिजिटल रेर्कड राखी व्यवस्थापन गर्न तथा सवारी चालकको मोबाइल जिपिएसको माध्यमबाट सवारी साधनको स्थान पत्ता लगाउन सक्ने समेत बताइएको छ ।

त्यसैगरी तौलपूललाई डिजिटलाइजेसन गरी क्यूआर कोड मार्फत सवारी चालक आफैले विवरण भरी मोबाइल एपमै तौलको विवरण सहितको रसिद (लोड सिट) प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसले नियमनकारी निकाय, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय र यातायात व्यवस्था विभाग लगायतका आधिकारिक निकायलाई सहयोग पुग्ने बताइएको छ । तौलपूलको डिजिटलाइजेसन गरी नेपाल सरकारद्वारा संचालित “डिजिटल नेपाल फ्रेमवर्क लाई” यो प्रणालीले टेवा पुग्ने महासंघले जनाएको छ ।

निर्माण गरिएको सफ्टवेयरको पहिलो चरणमा देशका सातवटै प्रदेशमा संचालन गरिने बताइएको छ । यही असोज १८ गतेदेखि संचालनमा ल्याउन लागिएको सफ्टवेयरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्ने महासंघले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।