दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुल्ने 


  प्रकाशित मिति : २०८१ अशोज ८ गते, ६:२०

सरकारले आगामी असोज १२ गतेदेखि दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।

मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायसँगको उपस्थितिमा भएको छलफलले दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुलाउने निर्णय भएको हो ।

दशैंका लागि आगामी असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सरकारले लामो दूरीका सवारी सञ्चालनका लागि घटस्थापना अघि नै सडकको मर्मत गरिसक्ने र यातायात व्यवसायीले पनि अग्रिम टिकट खुलाइ सेवा दिने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको सिटौलाले बताए । 

यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरू स्थापना गर्ने र यात्रुलाई सहज रुपमा अग्रिम टिकट बुकिङ गराउने समेत निर्णय भएको उनले बताए । दशैँको समयमा काठमाडौँ उपत्यकाबाट करिब २५ लाख सर्वसाधारणहरू बाहिरिने गरेका छन्

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।