ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लिको नव–निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न


  प्रकाशित मिति : २०८१ अशोज ३ गते, ६:१२

काठमाडौँ – ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लिको यहीँ भाद्र २९ गते सम्पन्न भएको निर्वाचन बाट नव–निर्वाचित सञ्चालक समितिको पदाधिकारी तथा सञ्चालक सदस्य एवम् संयोजकहरुको पदस्थापन कार्यक्रम बिहीवार सम्पन्न भएको छ । भक्तपुर नगरपालिका १ दुधपाटी स्थित नपुखु बैक्वेटमा सम्पन्न भएको उक्त कार्यक्रममा निर्वाचित भएका सम्पुर्ण पदाधिकारीहरु लाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका भक्तपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद प्रेम सुवालले “यातायात भनेको यात्रुको सेवा रहेको र प्राथमिकतामा सडक यात्रुलाई राख्नुपर्ने बताउनु भयो । यातायात व्यावसायीले चालक र बसको पनि चेक गर्दै चालकको तलब उनीहरूलाई पुग्ने गरि दिनुपर्ने उल्ल्लेख गर्नुभयो । उहाँले विभिन्न कुराहरु जोड्दै मन्त्री भनेको प्रधानमन्त्रीको नोकर भएको समेत जिकीर गर्नुभयो । ”


यस्तै ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लिमा नव निवार्चित अध्यक्ष ज्ञानेन्द्र महर्जनले “अब निस्वार्थ रुपले यातायात क्षेत्रलाई अगाडि बढउन आवश्यक रहेको बताउनु भयो । चालक र सहचालकहरुले यात्रुलाई सभ्य र शिष्ट व्यावहार गर्न समेत उहाँले सुझाव दिनुभयो ।” कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु,कार्यक्रमका विभिन्न प्रतिनिधिहरु र यातायात व्यावसायीहरु सँगै चालकहरुको समेत सहभागीता रहेको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।