नेसनल डे कन्सर्टका लागि यी स्थानमा सडक डाइभर्सन, १४ स्थानमा पार्किङस्थल


  प्रकाशित मिति : २०८१ अशोज ३ गते, १०:४०

संविधान दिवसको अवसरमा दरबारमार्ग हुने नेसनल डे कन्सर्टका लागि विभिन्न स्थानमा सडक डाइभर्सन गरिएको छ । त्यस्तै, १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रम स्थलतर्फ जाने सवारी साधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिनेछ । त्यस्तै, पहिलो र दोस्रो चरणमा गरी गरिने डाइभर्सनका स्थानहरू पनि तोकिएका छन् ।

त्यस्तै, टुँडिखेल, सुन्धारा, धरहारा, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, काठमाडौँ भ्युटावर लगायतका १४ स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।