काठमाडौेँ – काठमाडौैँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यावसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघसस्थाका पदाधिकारीहरु बिचमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडोैँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा भदौँ ३० गते सम्पन्न उक्त कार्यक्रममा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ सँगै विभिन्न यातायात मजदुर संघ संगठनहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा चाडपर्व लक्षित विभिन्न कुराहरुको बारेमा छलफल समेत गरिएको थियो । चाडपर्वमा यात्रालाई कसरी सहज र दुर्घटना रहित बनाउन सकिन्छ भन्न्ने विषयमा यातायात व्यावसायी र ट्राफिक प्रहरी बिच छलफल तथा अन्तक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले ‘ट्राफिक प्रहरी,यातायात र यातायात व्यावसायी एउटै डुङ्गामा रहेको बताउनु भयो । अब यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सबै मिल्नुपर्ने आवश्यकता रहेको औँल्याउनु भयो ।’ यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ‘चाडपर्वको बेलामा कसरी हुन्छ जनताहरुलाई सहज यात्रा गर्ने वातावरण मिलाउनु पर्ने बताउनु भएको छ । अब सडकमा ट्राफिक प्रहरी र व्यावसायीहरु बिचमा मिलेमत्तो भएर दुर्घटना कम गर्न तर्फ अग्रसर हुन जोड दिनुभयो ।’
त्यसैगरी काठमाडोैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले ‘अब सबै मिलेर कसरी सवारी दुर्घटनालाई कम गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो,हाँले थप्दै भन्नुभयो रातो प्लेटले मान्छे बोक्न नहुँने र यस्तो कार्य भए तुरुन्तै कारवाही गर्न निर्देशन दिनुभयो ।’ उक्त कार्यक्रममा काठमाडोैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले ‘विभिन्न यातायात व्यावसायीहरुले दिएको सुझावलाई कार्यन्वयन गदैैँ लैजाने बताउनु भएको थियो ।’ कार्यक्रममा विभिन्न उच्चप्रहरी अधिकृतहरु, नेपाल यातायात व्यावसायी केन्द्रिय महासंघका अध्यक्ष,नेपाल मजदुर संगठनका केन्द्रिय अध्यक्ष लगायत अन्य व्यवसायीहरुको सहभागिता रहेको थियो।


यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






