टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने


  प्रकाशित मिति : २०८१ भदौ २९ गते, १०:३७

टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताउनुभयो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।