काठमाडौैँ – नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले यो वर्षको दशैँ आउनै लाग्दा यसको प्रतिक्षामा रहेको बताउँदै कर्णालीमा भने दुःखको दिन आउन थालेको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो,‘दशैँमा एक पटक घर नजाउ समाजले के भन्ला भन्न्ने डर रहको र जाँउ भने सडक छैन् कतिपय कर्णाली बासिको प्लेनको टिकट कुर्दाकुदैँ र कतिपयको पैदल हिड्दा हिड्दै दशैँ सकिन्छ,त्यसैले यो वर्ष कालोपत्रे पुगेका जिल्लामा साना जहाज मार्फत हुने सबै प्लाइटहरु दशैँ तिहारको अवधिभर हवाई सेवा बन्द गरेर कर्णालीका एयरपोर्टमा मात्रै उडान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु ।’
सडक, हवाई सेवा र राज्यको स्रोतमा चरम विभेद गरको सरकारले कर्णालीका बासिन्दाले सडकमा दशैँ मनाएर शुभकामन दिन नपरोस भनेर चेतावनी समेत दिनुभएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






