काठमाडौैँ – प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले बुधवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डको सडक बाटो मर्मत,संभार र स्तरउन्नतिको लागि ठेक्का भएको वर्षेैँसक्दा पनि सडक निर्माणको काम सम्पन्न हुन नसकेको भन्दै सरकारको ध्यानाकर्ष गराउनु भएको छ । यात्रुहरुले हातमा परान राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले उक्त सडक छिटो निर्माण गर्न र चाडपर्वको समयमा आवतजावतमा सहज वातावरण हुनेगरी काम गर्न समेत अनुरोध गर्नुभएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






