कर्णाली राजमार्गमा सवारी दुर्घटनाका कारण १० वर्षमा १ हजार ५ जनाको मृत्यु


  प्रकाशित मिति : २०८१ भदौ २६ गते, १२:११

गत दुई महिनामै कर्णाली राजमार्गमा १ सय ४५ ठाउँमा पहिरो


काठमाडौँ – गत दुई महिनामै कर्णाली राजमार्गमा १ सय ४५ ठाउँमा पहिरो गएको छ । कर्णाली सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गमा पछिल्लो दश बर्षमा १ हजार ५ जनाले ज्यान गुमाएका छन् । यो राजमार्ग सञ्चालनमा आएको १८ वर्ष भैसकेको छ । वर्षामा हिलो र हिउँदमा धुलो हुने राजमार्गको यात्रा सधैँ जोखिमपूर्ण रहेको धेरै यात्रुको गुनासो समेत रहेको छ ।

यो राजमार्ग प्रयोग गरेर जुम्ला, डोल्पा, मुगु, कालीकोट, अछाम र दैलेख पुग्न सकिन्छ । राजमार्गको स्तरोन्नतिमा सरकारले चासो नदिएको पनि धेरै जनगुनासो छ । २०६४ चैत ३० गते कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । पश्चिम सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्न दुई सय ३२ किलोमिटर दुरी पार गर्नुपर्छ । राजमार्ग साँघुरो र खाल्डाखुल्डी भएका कारण यात्रुले सास्ती खेप्दै आएका छन् । चट्टानी भाग छिचोलेर राजमार्गलाई दुई लेनको बनाउन सकेमा जोखिम र दुर्घटना कम हुने विज्ञहरु बताउँछन् ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।