भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दशैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम शुरु गरेको बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभा वैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताउनु भयो । उहाँले नियमति रुपले बनाउने सडक पूर्वाधरसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गर्नुभयो ।
उहाँले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिनुभयो । उहाँले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरुमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गर्नुभयो । उहाँले निर्माणधिन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भिर भएर लागेको जानकारी दिनुभयो । उहाँले निर्माणधिन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको बताउनु भयो । उहााले सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानून बनाउन सरकार लागेको बताउनु भयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







