बुद्ध एयरको एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई बिदाइ,अब उड्ने छैन्


  प्रकाशित मिति : २०८१ भदौ २५ गते, १२:०४

काठमाडौै– बुद्ध एयरले मंगलबार बाट आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजको उडान बन्द गर्ने भएको छ । बुद्ध एयरले १६ वर्षअघि सन् २००८ मा नेपाल ल्याएको उक्त जहाजलाई मंगलबार बिदाइ गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको हो । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका थिए ।


यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियम रहेको छ । नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । बुद्धसँग एटिआर ४२ सिरिजका तीन जहाज थिए र जसमध्ये एउटा जहाज उडान आवर सकिएर बिदा भएको छ । यो जहाज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई फायर फाइटिङ अभ्यासका लागि हस्तान्तरण गर्ने बुद्धले जनाएको छ ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।