काठमाडौ – बैतडीको पाटन विमानस्थलमा नियमित उडान गर्नका लागि धावनमार्ग र एप्रोन पिच गर्दा १६ करोड रुपैयाँभन्दा बढी खर्च भैसकेको छ । ५९० मिटरको धावनमार्ग र एप्रोन पिच गर्न उक्त रकम खर्च भएको हो । कालोपत्रे भएपछि समिट एयरले केही समय उडान गरे पनि २०७७ चैतयता उडान हुन नसकेको हो । २०३५ सालमा सञ्चालनमा आएको यो विमानस्थल २०५२ सालदेखि बन्द छ । त्यस्तै, २०७२ सालमा मा साढे पाँच अर्ब खर्चेर कालोपत्रे गरिएको रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा २०७५ सालदेखि एउटा पनि उडान हुन सकेको छैन । २०२८ सालमा सञ्चालनमा आएको विमानस्थलमा जहाज उडाउन कठिन भएको भन्दै ४४ वर्षपछि पिच गरिएको थियो । पौने सात करोडमा चार वर्ष लगाएर पक्की बनाइएको विमानस्थलमा केही समय समिट एयर र नेपाल वायु सेवा निगमले धनगढीबाट उडान गरे पनि अहिले विमानस्थल बन्द छ । अझै विमानस्थल विस्तार गरेर ४५ सिटका जहाज उडाउन मिल्ने बनाउने लक्ष्य थियो, तर जग्गा अधिग्रहणमा किचलो निस्किएर अलपत्र छ ।
त्यस्तै, २०७२ मा कालोपत्रे गरिएको डोल्पाको मसिनेचौर विमानस्थलमा अहिलेसम्म परीक्षण उडानसमेत हुन सकेको छैन । सडकमार्गले छुन नसकेको डोल्पामा जुफाल विमानस्थलको विकल्पका रूपमा मसिनेचौर विमानस्थल निर्माण गरिएको थियो । २०७२ मा कालोपत्रे गरेको ओखलढुंगाको रुम्जाटार विमानस्थलमा पनि नियमित उडान हुन सकेको छैन् । कालीकोट विमानस्थल पनि निर्माण सम्पन्न भइसकेको छ । ६९० मिटरको धावनमार्ग कालोपत्रे गरेर गरिएको छ । निर्माणमा अहिलेसम्म २५ करोड खर्च भएको विमानस्थलमा उडान कहिलेदेखि सुरु हुन्छ भन्ने अझै निश्चित छैन् ।
त्यस्तै,२०४८ देखि बन्द बाग्लुङको बलेवा विमानस्थलमा २६ वर्षपछि २०७४ चैत ९ मा विमान अवतरण भएकोमा केही महिनामै बन्द भयो भने २०७० सालमा नौ करोड खर्चेर स्तरोन्नति गरिएको मनाङको हुम्दे विमानस्थल पनि २०७६ मा एउटा परीक्षण उडान गरेर हालसम्म बन्द रहेको छ ।
पाटन विमानस्थल (बैतडी)

चौरजहारी विमानस्थल (रुकुम पश्चिम)

मसिनेचौर विमानस्थल (डोल्पा)

रुम्जाटार विमानस्थल (ओखलढुंगा)

बलेवा विमानस्थल (बाग्लुङ)

हुम्दे विमानस्थल (मनाङ)

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






