सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण


  प्रकाशित मिति : २०८१ भदौ २४ गते, १०:१२

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान उडेको श्री  एयरलाइन्समा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । श्री एयरलाइन्सको एसएचए १२१ जहाज सुर्खेतका लागि उडेको थियो । 

अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो । जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।