बकैयामा मोटर बाटोका लागि ‘ट्र्याक’ खोलियो


  प्रकाशित मिति : २०८१ भदौ २१ गते, ११:५५

मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा आवतजावत गर्न नयाँ ट्र्याक खोलिएको छ । वर्षांैदेखि बाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाले करिब एक किलोमिटरको नयाँ ट्र्याक खोलेको हो ।

जितपुर–फेदी मोटर बाटोका लागि ट्र्याक खोलिएको कार्यालय प्रमुख ई भूमिनन्द ढकालले जानकारी दिनुभयो ।  नयाँ ट्र्याक खालिएसँगै सो क्षेत्रका बासिन्दालाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ । “डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ”, बकैया गाउँपालिका–१२ का नीरज घलानले भन्नुभयो, “अब बाटोका लागि ट्र्याक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।” उहाँले नयाँ ट्र्याक खोलिएको बाटोलाई आगामी दिनमा बाटो स्तोन्नति गर्न माग गर्नुभयो । यस्तै सो कार्यालयले आव २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडकमा कालोपत्र गरेको छ । 

कार्यालयका अनुसार आव २०८०÷८१ मा मकवानपुरमा २८ किलो किमी र चितवनका २२ किमी कालोपत्र गरिएको छ । ती दुवै जिल्लाका २५ सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ई ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चार कल्र्भटको निर्माण सम्पन्न भइसकेको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०/८१ म चितवनको माडी र रत्ननगर दुई उद्यानसमेत निर्माण गरिएको प्रमुख ढकालले बताउनुभयो । 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।