काठमाडौैँ–काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिनका लागि टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइने भएको छ । उक्त सडक अरनिको राजमार्गअन्तर्गत पर्ने गर्छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज बिहीबार र शुक्रबार टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।
निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । सडक निर्माणार्थ दुई दिन पूर्ण रुपमा मालबहाक यातायातका साधान बन्द गर्न कार्यालयले सार्वजनिक सूचनामार्फत अनुरोध गरेका हो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






