मुग्लिन–नागढुंगा सडकखण्डमा ट्रक र कार ठोक्किए


  प्रकाशित मिति : २०८१ भदौ १८ गते, ११:४८


मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार एक आपसमा ठोकिएका छन् । धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक आपसमा ठोकिएका हुन । दुर्घटनामा कार चालक घाइते भएका छन् ।
उनको अवस्था भने थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ । दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्दछ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।