ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४६ औं वार्षिक साधारणसभा आज हुँदैछ । केहिबेरमा पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्धघाटन गर्दैछन् ।
टानको नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षका दुई आकाङ्क्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले समूहगत रुपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
अध्यक्षका दुवै प्रत्याशीले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । दुबै उम्मेदवारले जित आफनो रहेको दाबी गरेका छन् । आफनो पक्षमा मत पार्न दुबै दाबेदारले प्रचारप्रसारलाई तीब्र बनाएका छन् । उनीहरुले पदयात्रा संरक्षण, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को व्यवस्थापनदेखि पर्यटन ऐनलाई समयसापेक्ष संशोधनलगायत मुद्दालाई अगाडि सारेका छन् । मुलुकको पर्यटन क्षेत्रको विकासका लागि टानलाई सक्षम र पर्यटन क्षेत्रलाई बलियो बनाउनुपर्नेमा दुवै अध्यक्षका प्रत्याशीले जोड दिएका छन् ।
दुई जना अध्यक्षका दाबेदार रहेकाले निर्वाचन हुने बताइएको छ । टानमा २२३६ कुल मतदाता रहेका छन् । जसमध्ये १३९७ जनाले मात्र मतदान गर्न पाउनेछन् । अन्यले भने समयमै नबिकरण नगरेका कारण मतदानमा सहभागी हुन नपाउने जनाइएको छ । त्यसैगरी ६० वटा कम्पनीले सदस्य नविकरण गरेपनि मतदान गर्न नपाउने भएका छन् । संस्थाको नयाँ नेतृत्व चयनको समयभन्दा ६ महिना अघि नै नकिरण गर्नुपर्ने भएपनि समयमा नविकरण नहुँदा मतदान गर्नबाट बन्चित भएको बताइएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







