नाडा अटो सो २०२४– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो सो २०२४’ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको ६ दिने अटो सो आइतबार सम्पन्न भएको छ । यो वर्ष ६ दिनसम्म चलेको नाडा अटोमा १५ अर्ब रुपैँया बराबरको सवारीसाधन बुकिङ भएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष करणकुमार चौधरीले ४ हजार २ सय सवारीसाधन बुकिङ भएको जानकारी दिनुभयो र त्यसबाट १५ अर्ब रुपैँया बराबरको कारोबार भएको जानकारी दिनुभएको छ ।यो बर्षको नाडा सो मा ८० प्रतिशत ईभी गाडी रहेका थिए । उक्त सो मा ४ हजार थान चारपांग्रे र २ हजार थान दुईपांग्रे सवारी बुकिङ भएको आयोजकले जनाएको छ । यहीँ भदौँ ११ गतेबाट काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा ८२ हजार ४ सय ७० दर्शकले अवलोकन गरेका छन् ।


यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






