६ दिनसम्म चलेको १६ औैँ संस्करणको नाडा अटो सो २०२४ सम्पन्न


  प्रकाशित मिति : २०८१ भदौ १६ गते, ९:१२


नाडा अटो शो २०२४–नाडा अटो शो २०२४ को आज सम्पन्न भएको छ । गत मंगलबार भदौँ ११ गतेबाट काठमाडौँको भृकुटीमण्डपमा सुरुभएको १६ औैँ संस्करणको नाडा सो भदौँ १६ गतेसम्म सञ्चालन भएको थियो । उक्त सो लाई गाडीहरुको कुम्भमेलाको रुपमा पनि चिन्ने गरिन्छ । नाडा अटोमोबाइल एसोसियनले प्रत्येक बर्ष आयोजना गदैँ आएको उक्त सो मा विभिन्न देशी र विदेशी कम्पनीहरुले विशेष अफरको रुपमा गाडीहरु प्रर्दशन गदैँ आइरहेका छन् । देशको अर्थतन्त्रमा केही भए नी टेवा पुगोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक अनुप बरालले जानकारी दिनुभयो ।नाडा अटो शो २०२४–
यस्तै आज समापन समारोहलाई सम्बोधन गदैँ नाडा अटोमोबाइल एसोशियन अफ नेपालका अध्यक्ष करण चौधरीले यो वर्षको नाडा सो भव्याताका साथ सम्पन्न भएको बताउनु भयो जसले गर्दा पनि अटोमोबाइल व्यावसायीहरु निकै खुसी भएको बताउनु भएको छ ।
६ दिनसम्म चलेको उक्त सो मा ३ हजार भन्दा बढी गाडीहरु बुकिङ भएको व्यावसायीको भनाई छ तर यसको यकिन तथ्यांक भने आउन बाँकी रहेको छ । आज मेलाको अन्तिम दिन गाडीका बिक्रेताहरुलाई सम्मान समेत गरिएको छ । चारपाङग्रे तर्फ रिडारा र दुई पाङग्रेमा एथेर बिक्रताले अर्वाड पाएका छन् । यसैगरी उत्कृष्ट ल्यूबतर्फ,टायर र पार्टस तर्फ भिडिलो ल्यूबले जित्न सफल भएको छ । कमर्सियलमा सोकोन ब्रान्डले अर्वाड पाएको छ । वेस्ट स्टल छान्ने जिम्मेवारी नाडाका कार्यसमिति सदस्य पंकज अग्रवालको नेतृत्वलाई दिएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।