नाडा अटो सो २०२४–गाडीहरुको महाकुम्भ मेला नाडा अटो सो २०२४ काठमाडौँको भृकुटीमण्डपमा भैरहेको छ । ६ दिनसम्म चल्ने उक्त सो मा विभिन्न कम्पनीले विभिन्न देशी र विदेशी ब्रान्डका सवारीसाधनहरु प्रर्दशनमा राखेका छन् । यो वर्षको सो मा २४ वटा चारपाङग्रे ब्रान्ड, १९ वटा दुईपाङ्ग्रे ब्रान्ड, १२ वटा हल्का व्यावसायिक सवारीसाधन ब्रान्डहरू, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट,टायर,ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू राखिएको छ । भृकुटीमण्डप अहिले विभिन्न सवारीसाधनले खचाखच देखिन्छ । लाख देखि करोड पर्ने गाडीहरु पनि त्यहाँ राखिएको छ जसले गर्दा पनि यहाँ त्यहाँ पुग्नेको भीड प्रत्येक दिन बढेको देखिन्छ । मानिसहरु हरेक कुरामा सौखिन हुन्छन् कसैको गाडी चढ्न सोख हुन्छ यदि तपाईँहरु पनि महंगो गाडी चढ्न सौखिन हुनुहुन्छ भने एकपटक त्यहाँ पुग्न सक्नुहुने छ किनकी त्यहाँ तपाईँलाई मनपर्ने विभिन्न कम्पनीका ईभी र इन्धनबाट चल्ने गाडीहरु हुनसक्छन् जहाँ तपाईँलेनाडा सो को विशेष छुट र बम्पर अफरसहित गाडी खरिद गर्नसक्नुहुने छ ।
यो वर्षको नाडा सो मा ८० प्रतिशत विद्युतीय सवारीसाधन रहेका छन् । यस अन्तर्गत पनि कमर्सियल ईभीहरूले बढी सहभागिता देखिन्छ । यस अन्तर्गत पनि बढी सिटका गाडी ११, १४, १९ सिट र बढी ड्राइभिङ रेन्ज १५० देखि ४०० किलोमिटरको भएका गाडीहरु उक्त सो मा रहेका छन् । पछिल्लो समयमा नेपालमा विद्युतीय गाडीको बर्चस्व बढेर गएको छ जसले गर्दा माग पनि बढी देखिन थालेको छ,जसले गर्दा ईभीलाई नेपाल भिञ्याउने विभिन्न कम्पनीहरु पनि उत्साही देखिएका छन् यस्तो कुरा गरिहँदा तपाईलाइ मनमा लाग्न सक्छ के साँच्चै नेपालमा इन्धनबाट चल्ने गाडीको माग पनि घटेकै हो त ? तर तपाईँले सोचे जस्तो पनि हैन नेपालमा अझैपनि अधिकांश इन्धनबाट चल्ने गाडी नै बढी रहेका छन् तर तुलनात्मक रूपमा सरकारले ईभी खरिदमा दिएको सहुलियतले आम उपभोक्ताको रोजाइ त्यतातिर तानिएको बुझ्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामार्फत ईभीमा मूल्यको ८० प्रतिशतसम्म र इन्धन सवारीमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन सकिन्छ । यही कारणले पनि पछिल्लो समय बैंकहरूको रेकर्डमै विद्युतीय सवारीको कर्जा अत्यधिक गइरहेको बैंकरहरू बताउँछन् । नाडा सो मा सहभागी अधिकांश बैंकले ईभीमा पाँच वर्षका लागि ८.२५ प्रतिशत स्थिर ब्याजदर र इन्धन गाडीमा ७ वर्षको लागि ८.४९ प्रतिशत स्थिर ब्याजदर कायम गरेका छन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






