अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स बाँडिने


  प्रकाशित मिति : २०८१ भदौ १६ गते, २:२१

कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाँड्ने तयारी गरेको हो ।

यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै बाँड्ने छ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरू स्मार्ट कार्डको प्रतिपक्षमा छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका निमित्त सचिव कमल थापाका अनुसार अब नयाँ ट्रायल पास गर्नेहरूलाई अस्थायी कार्ड दिइनेछ । यसअघि ट्रायल पास भएको कागज वितरण गरिन्थ्यो ।

अस्थायी कार्ड वितरणको परीक्षण यातायात कार्यालय विराटनगरबाट सुरु भएको छ । शनिबार ट्रायल पास गरेकाहरूलाई आजबाट परीक्षणको रूपमा अस्थायी कार्ड छपाएर वितरण गरिने छ । अस्थायी कार्डका लागि यातायात कार्यालय विराटनगर शाखालाई मेसिनसहित तीन हजार अस्थायी कार्ड पठाएको थियो।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो । अस्थायी कार्ड छपाइ गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।