नेपाली बजारमा ईभीतर्फ चिनियाँ ब्रान्डको वर्चस्व रहेको छ । त्यसमा पनि ग्लोबल ब्रान्डको रूपमा बीवाईडी रहेको छ । फेब्रुअरी १९९५ मा स्थापित, बीबाईडी एक उच्च–टेक कम्पनी हो । नेपालमा यसको आधिकारिक बिक्रेता सिम्याक्स प्राइभेट लिमिटेड रहेको छ । नेपाली बजारमा बीबाईडीको आक्रामक बिक्री भइरहेको छ । नेपाली बजारमा ईभीतर्फ चिनियाँ ब्रान्डको वर्चस्व छ । अझ त्यसमा पनि ग्लोबल ब्रान्डको रूपमा बीवाईडी रहेको छ । ७० भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको बीवाईडीको नेपालमा पनि बजार राम्रो छ रहेको जनाइएको छ ।
प्यासेन्जर कारमा सबैभन्दा धेरै चार्जिङ नेटवर्क बीवाईडी को नै रहेको बीबाईडी नेपालका नेसनल सेल्स हेड आशुतोष गौतमले बताउनु भयो । अहिलेसम्म नेपालभरि ३३ वटा फास्ट चार्जिङ नेटवर्क रहेको छ । आगामी दसैंसम्म २० वटा थप्ने जनाइएको छ । यो गाडी खरिद गर्दा आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरको ब्याट्री वारेन्टी दिएको छ । अहिले बजारमा बीबाईडीको ‘एटो थ्री’ र ‘डल्फिन’ बजारमा बढी रुचाइएको पाइन्छ । नाडामा डल्फिनको मूल्य ४१ लाख १५ हजार रहेको छ भने ‘एटो थ्री’को मूल्य ५६ लाख ९० हजार रहेको छ ।
डल्फिन

एटो थ्री

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






