प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गर्नुभएको छ ।
विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।
प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







