मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।”
पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन् । सडक खुलाउन यात्रु आफै पनि लागीपरेका छन् । तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुङ्गा सडकमा थुप्रिएका छन् । पहिरो झर्ने क्रम रोकिएको छैन । उक्त स्थानमा विगत वर्षमा पनि पटक पटक पहिरो जाने गरेको थियो । उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







