धनकुटामा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ फोक्लेन टापुमा गाडी दुर्घटनामा परेको छ आइतबार बिहान २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिनुभयो ।
संखुवासभा उम्लिङबाट धरान जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो । गाडीमा चालकसहित १० जना सवार थिए ।
त्यसमध्ये दुई जना घाइते रहेको प्रहरी निरीक्षक शाहले बताउनु भयो । अन्य सामान्य रहेको उहाँले बताउनु भयो ।उहाँका अनुसार गाडीको ब्रेक फेल हुँदा सडकबाट खसेको हो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






