अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु


  प्रकाशित मिति : २०८१ भदौ ९ गते, ११:२२

अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध  अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

अरनिको राजमार्ग अन्तर्गत जिल्लाको भुम्लु गाउँपालिका ८  बन्देउ डाँडास्थित अरनिको राजमार्गमा माथिबाट आएको सुख्खा पहिरोसहित रुख ढली बाटो अवरोध भएकोमा  स्थानीय पालिका, प्रहरी र सडक विभागको समन्वयमा बिहान ८ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस्तै पहिरोसँगै आएको रुखका कारण अवरुद्ध भएको जिरोकिलो मेलम्ची सडक खण्डसमेत स्थानीय तह, प्रहरी, सडक विभाग र स्थानीयबासीको सहयोगमा बिहान ८ बजेदेखि एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ । 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।