हनुमाननगर कङ्कालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिनुभयो । भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी स२प ७२९६ नंको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो । अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







