बुटवलदेखि गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बसमा लेदो सहितको पहिरोले क्षति पुर्याएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, रातामाटा स्थित सडकमा एक्कासि लेदो सहितको पहिरो खसेर लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरिएको हो।
गुडिरहेको बसमा एक्कासि पहिरो खस्दा बसको केही भाग पुरिएको र यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बसमा बुटवलदेखि तम्घासका छ जना र अन्य स्थानका तीन गरेर ९ जना यात्रु सवार थिए।
मदन भण्डारी राजमार्गअन्तर्गत उक्त सडकमा अहिले इलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाको कमान्डमा प्रहरी , जनप्रतिनिधि, स्थानीयको सहयोगमा पहिरो फाल्ने र बस निकाल्ने काम भइरहेको छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







