निरन्तर वर्षा हुँदा मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुरस्थित अठेरीखोला आएको बाढीले मोटरसाइकल बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएका छन् ।
सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अठेरी खोला तर्नेक्रममा हुप्सेकोट गाउँपालिका ३ का ४१ वर्षीय देबबहादुर फाल र २० वर्षीया छोरी तुलसी फाल मगर सवार ना २८ प ६९५ नम्बरको मोटरसाइकल बाढिले बगाएको बताउनुभयो ।
मोटरसाइकलमा सवार दुई जनाको भने सकुशल उद्धार गरिएको छ । अठेरी खोलामा बाढी आएका कारण मध्यविन्दु ९ को बसन्तपुर र मध्यविन्दु ७ अम्रसामा आवतजावत ठप्प भएको छ ।
यस्तै लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ । बौदीकाली गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले सडक मर्मतको काम सुरु हुन नसकेको पौडेलले बताउनुभयो । उहाँले पानी रोकिएपछि मात्र काम सुरु हुने जानकारी दिनुभयो ।
नवलपुरमा मङ्गलबार बिहानबाट निरन्तर भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







