बुटवलमा तीनवटा सवारी साधनमा ठोकिएर एक युवतीको मुत्यु भएको छ । गएराति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जीप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटरमा ठोक्किएर ती युवतीको ज्यान गएको हो । बुटवल–१२ शान्तीचोकमा भएको दुर्घटनामा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षीया शुष्मा श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेको लु ८७ प ४५७३ नम्बरको स्कुटरमा ठोक्किएकी युवतीलाई नम्मर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन् । तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपमुनि पुगेकी थिइन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






