अफगानिस्तानमा पार्किङ स्थलमा राखिएका ४०० सय ट्रकहरुमा आगलागी


  प्रकाशित मिति : २०८१ साउन ३२ गते, १२:४९

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरमा भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका करिब ४०० सय ट्रकहरू खरानी भएका छन् । भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासरका अनुसार प्राविधिक समस्याका कारण लागेको आगोले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रक जलेर ठुलो क्षति पुर्याएको जानकारी दिँदै अहिले आगो निभाइसकेको जानकारी दिनुभयो ।


यसैबीच,प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै लाखौं अमेरिकी डलर बराबरको धनमालको क्षति हुन सक्ने र यकिन तथ्याङ्क मूल्याङ्कन र अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताउनु भयो । घटनाको छानबिन गर्न टोली गठन गरेको जनाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।