गुल्मी जिल्लामा वैदेशिक रोजगारीका क्रममा डेढ दशकमा १९० जनाले ज्यान गुमाएका छन् ।वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार १० वर्ष अर्थात ०६५÷६६ देखि २०८०। ८१ सम्म एक सय ९० जनाले विदेशमा ज्यान गुमाएका हुन् । १९० जना विदेशमै र ४ जना बिरामी भएर फर्किएपछि नेपालमा मृत्यु भएको बोर्डको तथ्यांक रहेको छ । वैधानिक प्रक्रियाबाट विदेश गएर मृत्यु भएकाको लागि सात लाख बिमाबापतको रकम, छोराछोरीलाई शैक्षिक छात्रवृत्ति, परिवारका सदस्यलाई पाँच प्रकारका गम्भीर रोग लागेमा ५० हजार सहयोग उपलब्ध हुने विभिन्न खाले सहायता रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता शिव भण्डारीले जानकारी दिनुभयो । अंगभंग हुनेको हकमा अवस्था हेरेर ५० हजारदेखि सात लाखसम्म आर्थिक सहायता प्राप्त हुने गर्छ । अहिलेसम्म मृत्यु भएका एक सय ९४ र अंगभंग भएका ४४ जनाले आर्थिक सहायता पाएको भण्डारीले बताउनु भयो ।
यस्तै गुल्मीमा राहदानी बनाउनेको संख्या भने घटेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार आव २०८०÷८१ मा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार ४ सय ५० राहदानी वितरण भएको छ भने आव ०७९÷८० मा १५ हजार ८६ जनाले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनु भयो । राहदानी बनाउने अधिकांशको उद्देश्य वैदेशिक रोजगारी, शिक्षा र भेटघाट एवं भ्रमण रहेको गैरेले बताउनु भयो । प्रशासन कार्यालयहरूमा राहदानी बनाउने निम्न र मध्यम वर्गीय व्यक्ति तेस्रो मुलुक, महिलाहरू अधिकांश जापान र आर्थिक स्रोत बलियो भएका युरोप जानेहरू छिटो राहदानी सिफारिस माग्न आउने गरेको गैरेले भन्नुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






